वन माहुरीले टोक्दा चार सिकिस्त, एकको अवस्था गम्भीर
प्रकाशित २०७५ पुष २० शुक्रबार
281
Shares
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।
वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताएका छन् ।
चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले बताए। बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जनालाई जीउभरि टोकेर गम्भीर बनाएको थियो ।