-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर अगाडि लागेको छ । टोटनह्यामले मंगलबार राति कार्डिफ सिटीलाई ३–० ले हरायो ।

तेस्रो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । १२ मिनेटमा क्रिस्टियन इरिक्सनले गोल थपेरअग्रता दोब्बर बनाए ।

२६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै अग्रतालाई तेब्बर बनाए । हाफ टाइमपछि टोटनह्यामका खेलाडीले कुनै गतिविधि गरेनन् । शान्त रहे ।

जितपछि टोटनह्याम म्यान्चेस्टर सिटीलाई पछाडि पार्दै दोस्रो स्थानमा उक्लेको छ । टोटनह्यामको ४८ अंक छ भने सिटीको ४७ अंक छ ।

लिभरपुल ५४ अंकसहित शिर्षमै रहेको छ । चेल्सी ४३ अंकसहित चौथो स्थानमा छ भने आर्सनल ४१ अंकबाट पाँचौंमा छ ।

आर्सनलले मंगलबार राति फुल्हमलाई ४–१ ले पछार्यो । जिका, लाकाजेट्टे, रामसे र उबामेले १–१ गोल गरे ।

त्यस्तै पुर्व विजेता लेस्टर सिटीले एभर्टनलाई १–० ले पछार्यो । जमाइ भार्डीले गोल गरे ।

सिटी ३१ अंकबाट सातौंमा छ । म्यान्चेस्टर युनाइटेड ३५ अंकबाट छैटौंमा छ ।
