arrow

नेपाली महाभारतका सारथी कृष्ण र योद्धा गगनको जोडी

logo
उमेश यादव, जीत तामाङ,
प्रकाशित २०७२ फागुन २० बिहिबार
gagan-thapa-new-p.jpg.jpeg
काठमाडौं। महाभारतमा कृष्ण र अर्जुनको जोडीको प्रसङग धेरैको लागि नौलो छैन्। जसरी नेपाली राजनीतिको महाभारतमा तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको सारथीको रुपमा काँग्रेस नेता कृष्ण प्रसाद सिटौला नौलो थिएन। १०४ बर्षे राणा शासनको अन्त्यका लागि पिताजी कृष्ण प्रसाद कोइरालाले शुरु गरेको अभियान आन्दोलनको रुपमा लैजाने हिम्मत तत्कालिन युवक वीपी कोइरालाले गरेका थिए काँग्रेस सभापतिको हैसियतमा। तत्कालिन श्री ३ मोहन शम्शेरलाई वंशका आधारमा राजकाज गर्ने दिन गए भनेर ललकार्ने तिनै वीपीको नेतृत्वमा राणा शासन अन्त्य भयो। उनका भाई कर्मवीर तथा नेपाली लोकतान्त्रिक आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २४० बर्षे राजतन्त्र अन्त्य भयो। वीपी कोइरालाले मोहन शम्शेरलाई जे भनेका थिए, नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा गिरिजाप्रसाद कोइरालाले तत्कालिन राजालाई सोहि शैलीमा मौका दिएका थिए। कोइरालाले जनताको आकाँक्षा र राजाको शैलीबीचमा तादात्मयता नमिलेको बारेमा पटक पटक सचेत गराए। तर राजा उल्टो जनताका प्रतिनिधी राजनीतिक दलहरुबीचमा खेल्न थाले। त्यसको तारो बनाए नेपालको राजनीतिक दलहरुको मियो राजनीतिक शक्ति काँग्रेसलाई। 
 
राणा शासन अन्त्य गर्न नेतृत्व गरेको काग्रेसले आफूमाथि भएको षडयन्त्रको जानकारी नै नराख्ने कुरा थिएन। नेपाली राजनीतिको केस्राकेस्रा केलाउने क्षमता राख्ने गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वमा रहेको नेपालकै पुरानो राजनीतिक शक्तिमाथि भएको षडयन्त्र टुलुटुलु हेरेर बस्ने अवस्था पनि थिएन। लोकतन्त्रमा मात्र काम गर्न सक्ने राजनीतिक दलहरु र तिनका नेता कार्यकर्ताहरुलाई निसाना बनाएका राजाले कोइरालाले दिएको चेतावनी बुझेनन। उनले अझ राजनीतिक दलहरुलाई किनारामा नै पुर्याउन उद्यत रहे। नभन्दै प्रतिक्रिया यस्तो आयोकी सडकमा गणतन्त्रको नारा लाग्यो। श्रीपेच हामी जलाउँछौ देश हामी चलाउँछौका नारा नारायणहिटी दरबार अगाडी नैं लाग्यो। सडकमा तत्कालिन विद्यार्थी नेता गगन थापा यो नारालाई बुल्न गर्न आफ्ना समकालिनहरुसँग मिलेर लागिरहे भने रणनीतिक तहमा पार्टीका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना सारथी कृष्ण सिटौलाहरुलाई परिचालन गरिरहे। कतिपय सन्दर्भमा सारथीको रुपमा रहेका सिटौला सहितका नेताहरुले कोइरालालाई बाटो पहिल्याउन सहयोग गरे। गिरिजाप्रसाददेखि कृष्ण प्रसाद सिटौला हुँदै गगन थापासम्मको यो पुस्ताले नेपालमा गणतन्त्र स्थापना मात्र गरेन एक दशकदेखिको शसस्त्र द्धन्दलाई टुङ्ग्याउने काम पनि गरे। 
 
शान्तिपूर्ण रुपमा गणतन्त्र घोषणा गराउनु माओवादीलाई राजनीतिक मुलधारमा ल्याएर देशमा शान्ति कायम गराउन गिरिजाप्रसादको नजिकमा रहेर उनीसँगको विमर्शमा सिटौलाले महत्वपूर्ण योगदान दिएका थिए। माओवादीलाई मुलधारमा ल्याउन कतिपय आरोप समेत खेपेका सिटौलाले सभापतिमा आफ्नो उमेद्वारी घोषणा कार्यक्रममा भनेका थिए, ' देशको लागि आफू जुनै आरोप पनि सहन तयार छु। म देशको सवारी चलाउन चाहन्छु। '
 
महाभारतको धर्मयुद्धमा अर्जुनलाई सरिक गराउन र धर्मको जीत दिलाउन  जसरी कृष्णको भुमिका महत्वपूर्ण थियो। त्यसरीनै नेपालमा राजा र जनताबीचको द्धन्दमा गिरिजाप्रसादलाई सल्लाह सुझाव र रणनीतिक योजना बनाउन सिटौलाको भुमिका आज कसैको बीचमा पनि लुकेको छैन। त्यसैले पनि गिरिजाप्रसादको भित्रीया तथा सारथी भएर काम गर्दा कतिपयलाई सिटौला आँखामा विझिरहे। अनि पार्टी भित्र र वाहिर आरोपमा अनेक फुँदा पनि लगाइए। तर सारथीलाई युद्धमा लाग्ने त्यस्ता अनेकन वाँडहरुको सामना गर्दै कतिपय अवस्थामा आफ्ना नायकलाई बचाउन आफू ढाल बनेर कृष्णले नेपालको आधुनिक महाभारतमा योगदान दिए। राणा र कोइरालाहरुबाट शुरु भएको नेपालको महाभारत करिव सय बर्षसम्म चलिरहेको छ। पटकपटक जनता सार्वभौम हुन खोज्छन फेरि अर्को संक्रमण थपिन्छ। यो संक्रमणले नेपाली जनता जहिले पनि थप मारमा पर्दै आए। तर अन्तिम धक्का दिन फेरि गिरिजाप्रसाद कोइराला आउनुपर्योद। उनले साथ पाए उनै कलियुगे कृष्ण अर्थात कृष्ण सिटौलाको। गिरिजाबाबु र कृष्णहरुको यहि रणनीतिक अभियानल १२ बुँदे देखि गणतन्त्र घोषणासम्मका सफलताहरु भए। गिरिजाप्रसादको मृत्युपछि उनका सारथी एक्ला झै भए। तर उनको त्यो रणचातुर्यबाट जानकार शुसिल कोइराला उनको त्यो अनुभवलाई खेर फाल्न दिने पक्षमा थिएनन्। शुसिलले उनलाई संविधान लेख्ने महत्वपूर्ण कामको जिम्मामा पठाए। त्यहाँपनि सिटौला सफल सावित भए। आफूलाई सफल सावित गराउन मात्र हैन देशलाई अब संक्रमणबाट मुक्त बनाउँदै एउटा विकसित देश बनाउन उनले अभियान शुरु गरे। त्यो अभियानमा उनलाई यूवा पुस्ताका गगन थापाहरुको साथ रह्यो। त्यसकारण पनि उनीहरु काँग्रेस महाधिवेशनबाट अहिले एक ठाउँमा उभिएका छन्।
 
सिटौला र थापाको यो यात्रा देशलाई गणतन्त्रमा ल्याउन गिरिजाप्रसादको नेतृत्वमा भएको आन्दोलन र वीपी कोइरालाले संविधानसभाबाट संविधान जारी गर्ने भनेर देखेको सपनालाई उनका भाई पर्ने शुसिल कोइरालाको नेतृत्वमा सफल बनाएपछि यसलाई संस्थागत गर्ने जिम्मेवारी सहित शुरु भएको छ। वीपी, गिरिजाप्रसाद र शुसिलको साँचो उत्तराधिकारीको रुपमा सिटौला र थापाको यो जोडी जनताको तहबाट परिक्षण भएर आएको छ। कुनै पारिवारीक विरासतको लाभ पाएर आएका हैनन दुबै पात्र। त्यसैले पनि आम कार्यकर्ताहरु सिटौला र थापामा आफू नै पाएर रोमाञ्चित पनि छन्।  साँचो अर्थमा वीपी, गिरिजाप्रसाद र शुसिलको सपना कार्यान्वयन गर्न उनीहरुले सक्छन भन्ने विश्वास पनि गरेका छन्। विस्वास अन्य नेतामा पनि गर्थे होलान तर उनीहरुको भनाइमा प्राप्त उपलव्धिहरुको पूनर्विचार गर्नुपर्ने तर्क आउन थालेपछि गणतन्त्रका लागि लडेका सबै शशंकित भएका छन्। बीपीका विचारलाई दुषित बनाउने गरि आएका त्यस्ता व्याख्याहरुले कार्यकर्ताहरुलाई पनि दिग्भ्रमित पारेका छन्।  वीपीका विचारका नाममा प्रतिगमनतर्फ काँग्रेस र देशलाई लैजाने गरि आएका यि विचारहरुबाट काँग्रेस र देशलाई बचाउन पनि अहिले नेपाली महाभारतका सारथी कृष्ण र महारथी गगन एक ठाउँमा उभिएका छन्। वीपीको विचारका खास अनुयायीहरुले यसमा ध्यान दिन जरुरी भएको छ। आफ्नो उमेद्वारीको घोषणाका क्रममा गगन थापाले पनि भने ' मेरो शरीरमा वीपीको रगत वगेको त छैन तर बीपीको विचार मेरो नसानसामा बगेको छ।'
 
नभन्दै काँग्रेसको यो लडाँई वीपीको नाममा वीपी विचार र उनलाई पनि प्रतिगमनतर्फ लैजानेकी वीपीका नाममा देश र जनताका लागि भएका आन्दोलनबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्दै अगाडी बढ्ने भन्ने हो। काग्रेसका महाधिवेशन प्रतिनिधीहरु मात्र हैन राजनीतिप्रति चासो राख्ने सबैको ध्यान यो नयाँ परिस्थितितर्फ जान जरुरी छ। नत्र अबको समय फेरि नया संक्रमणतर्फ जानेछ। त्यो संक्रमणबाट पार पाउन फेरि नयाँ सारथी र महारथीहरु खोज्नुपर्ने हुन्छ। त्यो बेला देश र जनताले निकै मुल्य चुकाउनुपर्नेछ। त्यसैले पनि काँग्रेस र देशलाई सहि बाटोमा डोहोर्या्उन सक्ने विचारका पुञ्जहरु र समयको पदचापलाई सुन्ने हिम्मत र आँट भएकाहरुलाई नेतृत्वमा पुर्याहउने जिम्मा काँग्रेस कार्यकर्ताहरुको काँधमा आएको छ। कार्यकर्ताहरुले यो समयको मागलाई सुन्न सकेमात्र काँग्रेस जुगजुगसम्म टिक्ने पार्टी हुन्छ। यो समयको पदचापलाई सुन्नेगरि काग्रेस कार्यकर्तारुहले निर्णय गरेनन् भने काँग्रेसको मृत्युपत्रमा यो उनीहरुको सहिछाप हुनेछ। के महाधिवेशन प्रतिनिधीहरु काँग्रेसको मृत्युपत्रमा सहिछाप गरेर निस्केलानी की सञ्जिवनी दिएर जानेछन? यो बडो दिलचस्पीको समय हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ