प्रचण्डलाई देउवाको जवाफ : 'धर्मप्रचारमा लागेर सरकार नै संविधान असफल बनाउन लाग्यो'
प्रकाशित २०७५ पुष ११ बुधबार
702
Shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एउटा विवादास्पद धर्म प्रचारक संस्थाले गरेको कार्यक्रममा सह आयोजक बनेर सरकारले नै संविधान असफल बनाउने खेलमा लागेको आरोप लगाएका छन् । काँग्रेसमा हिन्दूत्वको मुद्दाको विषयमा प्रचण्डले लगाएको आरोपको जवाफमा देउवाले सत्ता पक्षको भूमिका नै विवादास्पद रहेको बताएका हुन् ।
उनले नेपालमा अनेकानेक धर्महरु रहेको भन्दै सरकार सबै धर्मको कार्यक्रममा सहआयोजक बस्न सक्छ ? भन्दै प्रतिप्रश्न गरे । अर्काे प्रसंगमा सभापति शेरबहादुर देउवाले आफ्ना जनतालाई शान्ति सुरक्षा दिन नसकेको सरकारले यस्तो गरे र उस्तो गरेँ भनेर भन्न नसुहाउने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको हिउँदे अभिवेशनको पहिलो दिन दलीय प्रतिनिधिको रुपमा बोल्दै देउवाले निर्मला पन्तको मुद्दामा सरकारले यातना दिएर अपराधी स्वीकार गर्न लगाएको प्रति आपत्ति जनाएका छन् ।
उनले सरकारले मधेशका मुद्दाहरु सम्बोधन गर्न नसकेको, देशमा शान्ति सुरक्षा दिन नसकेको र अनेकानेक बाहानामा जनतालाई ढाट्ने काम गरेको बताए ।