काठमाडौं । भारतीय क्रिकेट खेलाडी मयंक अग्रवालले डेब्यु खेलमै कमालको प्रदर्शन गरेका छन् । अष्ट्रेलिया र भारतबीच मेलबर्नमा भइरहेको तेस्रो टेष्टमा डेब्यु गरेका मयंकले प्रशांसायोग्य ७६ रन बनाए ।
उनले १६१ बलको सामना गर्दै ७६ रन बनाएका थिए । उनलाई प्याट् कमिन्सले आउट गरे ।
संयमित खेलेको भारतले पहिलो विकेटका रुपमा हनुमा बिहारीलाई ब्यक्तिगत ८ रनमा गुमाएको थियो ।
चेतेश्वर पूजाराले तेस्रो स्थानमा आएर राम्रो खेलिरहेका छन् ।
कप्तान विराट कोहलीले रोहित शर्मालाई खुलेर खेल्न सकून् भन्दै छैटौं स्थानमा ल्याएका छन् ।
चार खेलको श्रृंखलामा पहिलो खेल भारतले ३१ रनले र दोस्रो खेल अष्ट्रेलियाले १४६ रनले जितेको छ ।
बक्सिङ डे भिडन्त रोचक हुनेछ । संयमित खेलिरहेको भारतले पहिलो दिनको चिया समयसम्म टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ५४.५ ओभर खेल्दै २ विकेटको नोक्सानीमा १२३ रन जोडेको छ ।