मनकारी जनप्रतिनिधि जसले आफ्नो जन्मदिन पारेर गरीव विद्यार्थीलाई बाँडे स्वेटर
सीता डोटेल
प्रकाशित २०७५ पुष ११ बुधबार
792
Shares
पाल्पा । जिल्लाको निस्दी गाउँपालिका १ का वडा अध्यक्ष पूर्णबहादुर खाँणले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।
जन्मदिनको अबसरमा रङ्ग रमाइलो गरि फजुल खर्च गरिरहेका बेला खाँणले आफ्नो ४० औं जन्मउत्सवको अवसरमा आफ्नै वडा बाकामलाङ्गको भगवती प्राथमिक विद्यालय छपाक्दीका विद्यार्थीहरुलाई स्वेटर वितरण गरेका हुन् ।
विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत ५३ जना बालबालिकालाई चिसोको समयमा आफ्नै खर्चमा स्वेटर वितरण गरेका हुन् ।
जाडो समयमा चिसोबाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन स्वीटर वितरण गरेको अध्यक्ष खाँणले बताए ।
सानो उमेरमा बढी हौसला पनि चाहिन्छ खाँणले भने –कोहि बच्चाको परिवार सधै कपडा किनिरहन पनि असक्षम हुनुहुन्छ, सबैलाई खुशी बनाएर बिद्यालय आइरहने बनाउन बिद्यालयमा न्यानो लुगा उनीहरुलाई दिएको हुँ ।’
पछिल्लो पुस्ताले रमाइलो गरेर जन्मदिन मनाउने साटो यस्ता क्रियाकलाप गर्ने हो भने सहयोग पनि पुग्ने उनले बताए ।
जननिर्वाचित प्रतिनिधिले यसरी मनाएको जन्मदिन गाउँमै नयाँ नौलोसंगै अरुले सिक्न लायक बनेको स्थानीय मुक्ति पाण्डेले बताए ।