arrow

सुदूरपश्चिम प्रदेशका मन्त्रीको माला मोह

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
mala-hoha.jpg

धनगढी । तत्कालीन स्थानीय तहमा झण्डै २ दशक लामो जनप्रतिनिधि विहिनताको अवस्थामा परिमार्जित स्थानीय तहले जनप्रतिनिधि पाएको पनि डेढ बर्ष भईसक्यो । ७ वटै प्रदेशमा प्रदेश सरकार सञ्चालन भएको पनि १० महिना वितिसकेको छ। यो अवधीमा प्रदेश र स्थानीय सरकारले केहि पनि गर्न नसकेको भन्दै सुदूरपश्चिमका जनतामा निराशा छ । विकास र समृद्धीका सपना देखाउँदै सक्तामा पुगेका नेताहरुले आफ्नै सेवा सुविधा बढाउन थालेको भन्दै प्रदेशवासीमा निराशा बढेको छ। तर तीनै सुदूरपश्चिमका जनता तीनै नेताहरुलाई भने मालाको भारी बोकाएर सम्मान गरिरहेका छन्।

मुख्यमन्त्री भएपछि सुरुवातमै दार्चुलाको कार्यक्रममा रातो कार्पेटमा हिडेर विवादमा आएका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीको बुडरमा भएको गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशको भेलामा मालाको भारी बोकाईयो। आखा समेत ढाकीने गरि माला लगाउँदा समेत मुख्यमन्त्री भट्टले माला हटाउन चाहेनन् । उक्त फोटो सामाजिक सञ्जाल फेसवुकमा त भाईरल नै भयो। गाउँपालिका महासंघको भेलामा धेरै सक्ता पक्षका जनप्रतिनिधिहरुको पनि सहभागिता रहने भएकाले तीनै सक्तापक्षका जनप्रतिनिधिले मुख्यमन्त्रीलाई मालाको भारी बोकाईएको होला भन्ने आकलन पनि गरियो।

मुख्यमन्त्री भट्टले आखाँ समेत ढाकिने गरि माला लगाउँदा आलोचना भईरहेकै बेला सदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको पनि सोही प्रकृतीको फोटो सामाजिक सञ्जालमा आयो। गृह जिल्ला अछाममा गएका बेला मन्त्री बोहरालाई उनका पार्टीका नेता कार्यकर्ता सहित जिल्लावासीले मालाको भारी बोकाए । बोहराको पनि झण्डै आखा ढाकिने गरि माला लगाईएको छ तर माला लगाउन भने छोडेका छैनन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट दिर्घ सोडारीलाई बर्खास्त गरिएपछि मन्त्री बन्ने मौका पाए कैलाली निर्वाचन क्षेत्र नम्वर ४ को 'क' बाट विजयी प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले। मन्त्री भएकै केहि दिनमा बेल्चा समातेर सडकको काम गरेको फोटो भाईरल बनेपछि मन्त्री सुवेदीको आलोचना भएको थियो। केहि दिन अगाडी मात्रै सामाजिक विकास मन्त्री सुवेदीलाई स्वास्थ्य कार्यालय अछामको उद्धघाटन कार्यक्रममा मालाको भारी बोकाईयो। अनुहार छोपिने गरि मन्त्री सुवेदीलाई माला लगाईएको छ तर मन्त्री सुवेदीलाई भने कुनै समस्या भएको देखिन्न।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी उदाहरण मात्रै हुन्। अहिले सुदूरपश्चिमका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुँदा मन्त्रीहरुलाई जनताले सम्मान स्वरुप मालाको भारी बोकाउने गरको छन्। एकतर्फ मन्त्री र सरकारले केहि पनि गर्न सकेन भन्दै आलोचना गर्ने र अर्को तर्फ ठुलै उपलव्धी हासिल गरेको जसरी सम्मान स्वरुप माला भिराउने परिपाटीले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धीमा जनताको सोच पनि गलत त छैन भन्ने प्रश्न खडा गरेको छ।

माला लगाउँदै सम्मान गर्ने समय यो हो वा होइन भन्ने विषयमा जनताले सोच्ने कि नसोच्ने रु यदि मन्त्री र नेताहरुलाई शहर बजारदेखि गाउँ सम्म सम्मानले माला लगाईदिने हो भने मन्त्रीहरुले हामीले जनताका लागि केहि पनि गर्न सकेनौ भन्ने मानसिकता कसरी आउछ होला रु सुदूरपश्चिमका मन्त्रीहरु कार्यक्रममा सहभागि हुँदा अनुहार नै छोप्पीने गरि माला पाउन थालेपछि जनताको लागि राम्रै काम गरेकाले सम्मान पाएछु सोच्छन होला । ५ बर्षका लागि चुनिएका जनप्रतिनिधि र मन्त्रीहरुलाई अहिलेदेखि नै माला लगाएर सम्मान गरिन थालिएपछि उनीहरुमा जनताका लागि काम गर्ने जागर नआउन पनि सक्छ। जनताका लागि कुनै काम नगर्दा पनि जनताले माला लगाउने रहेछन भन्ने मानसिकता पलाउन सक्छ। त्यसैले जस्ले आफ्ना लागि भन्दा पनि प्रदेश र प्रदेशका वासिन्दाका लागि उदाहरणीय काम गर्‍यो त्यसैलाई मात्र सम्मान गर्ने परिपाटी बसाल्न आवश्यक छ।

अर्को विषयमा मन्त्रीहरुले पनि जनता र आफ्नै नेता कार्यकर्ताको माला उपहार सहर्ष स्वीकारी रहेका छन्। के सुदूरपश्चिम प्रदेशमा उदाहरणीय काम नगर्दा सम्म म सम्मानको लायक छैन भन्ने कोहि मन्त्री छैनन त



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ