विश्वकै सर्वाधिक ठूलो 'सेल डे' भनिएको अफर दिन नसकेपछि अर्डर क्यान्सील गराउदै दराज
सामान पाउने आशमा ग्राहक पर्खदै
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
678
Shares
काठमाडौं । दराजले नोभेम्बर ११ मा दिएको अफर उपलब्ध गराउन नसकेपछि क्षतिपुर्ती समेत नदिइ क्यान्सील गराउन थालेको छ । विश्वकै सर्वाधिक ठूलो सेल डेको नाम दिएर प्रचार प्रसार गर्दै ग्राहक ताने पनि अफर उपलब्ध गराउन नसकेपछि धमाधम सामानको अर्डर क्यान्सील गराउन थालेको हो । तर छुटको अफर उपलब्ध गराउन नसके पनि सोहि सामान कम छुटमा भने अनलाइन बिक्रीबाट हटाएको छैन ।
सामाजिक सञ्जालमा भव्य प्रचार गरिएको दराज अनलाइन मार्केटको ११.११ सेलले धेरैको ध्यान तानेको थियो । तर कम व्यवस्थापन फितलो तयारीका कारण समान नदिइ ग्राहकको अर्डरलाई क्यान्सिल गराउन थालेको छ । सामानको पर्खाइमा रहेका ग्राहक भने समानको साटो म्यासेज पाउन थालेपछि आक्रोशित बन्दै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् ।
चाइनिज जायन्ट अलिबाबा ग्रुपले दक्षिण एसियामा आफ्नो पाइला बढाउँदै दराजको सम्पूर्ण सेयरअक्वायर गरेकोले अनलाइन सपिङको क्षेत्रमा केही होला भन्ने आशा गरिए पनि सामाजिक सञ्जालमा जानकारहरुले डिस्काउन्ट भन्दापनि उल्टो महँगोमा सामान राखिएको गुनासो गर्न थालेका छन् ।
सो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महाछुट भनिएपनि बास्तविक मुल्य बढाएर छुटको नाटक गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ । नयाँ दराजको पहिलो मेगा सेल कार्यक्रममा धेरै छुटमा सामान किने भन्नेहरु आफु ठगिएको बताउन थालेका छन् । यसले प्रयोगकर्ताहरुलाई सन्तुष्ट भने बनाउन सकेन ।
अर्डर गरेका ग्राहकहरुलाई सामान दिन नसकेपछि म्यासेज पठाउदै दराजले धैर्य गरेकोमा क्षमा माग्दै आगामी हप्ता सम्ममा सामान दिइसक्ने बताएको थियो । सामान पाउने आशमा पर्खिरहेका ग्राहकलाई पुन: निराश पार्दै अर्डर क्यान्सिल भएको जानकारी गराएको छ । तर अफरको मुल्य भन्दा बढाएर सोहि सामान भने बिक्रिमा अझै दराज अनलाइनमा राखेको भेट्न सकिने गुनासो एक ग्राहकले हाम्रा कुरालाई बताए ।
यसअघि ग्याजेट्स एन गियर अनलाइनमा एक ग्राहकले १९०० रुपैयाँमा किने। डेलिभिरी चार्जसहित उनले २ हजार रुपैयाँ दिए । तर पछि बजारमा १७-१८ सयमा पाइने थाहा पाएपछि ठगिएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेको समाचार सार्वजनीक भैसकेको छ ।