arrow

प्रचण्डको अंकमाल, कार्यकर्ताको लालसलाम

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
150134993.jpeg
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनको सपथ आइतबार दिउँसो सकिएको छ । राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई पद तथा गोपनियताको सपथ गराएकी थिईन् । सपथ ग्रहणको सुरुमा राष्ट्रपति कार्यालयका कर्मचारीहरुले सपथको पत्र राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई दिएका थिए । 

सपथको शुरुमा म भनेपछि उपराष्ट्रपति पुनले आफ्नो नाम भन्नुपर्नेमा अलमलिएपछि राष्ट्रपति भण्डारी आफैले ‘आफ्नो नाम भन्नुहोला’ भनेपछि उपराष्ट्रपति पुनले ‘नन्दबहादुर पुन’ भनेका थिए । सपथ ग्रहणको भाषामा इश्वर जनता र देशका नाममा उल्लेख भए पनि पुनले सहिद, जनता र देशका नाममा सपथ लिएका थिए ।

सपथ लिएर उनलाई बधाई दिने क्रम शुरु भएपछि राष्ट्रपति भण्डारी, निवर्तमान उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधिश कल्याण श्रेष्ठ राष्ट्रपति कार्यालय तिर गएका थिए । बधाई दिने कार्यक्रममा सबैजना बस्नुपर्ने भए पनि उनीहरु सभामुख ओनसरी घर्ती मगर र उपराष्ट्रपति पुनः मात्र त्यहाँ बसे ।

बधाई दिने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले पुनलाई हात मिलाउँदै अँगालो मारेका थिए । शनिवार उपराष्ट्रपति पदमा निर्वाचित भएपछि पुन प्रचण्डलाई भेट्न सिधै निवास पुगेका थिए । बधाई दिँदा उनलाई अंकमाल गर्नेमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए ।

उपराष्ट्रपति नमस्कार गरेर अभिभावदन गर्नुपर्नेमा सबैसँग हातमात्र मिलाएका थिए । माओवादीका केही कार्यकर्ताले पुनलाई बधाई दिँदै ‘लालसलाम’ गरेको दृश्य पनि देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ