सिटी एक्सप्रेस साकोसको नवौं बार्षिक साधारण सभा सम्पन्न
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
546
Shares
काठमाडौं। सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभाले सम्पन्न भएको छ। कार्तिक १६ मा भएको साधारण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्य नयाँ संचालक समिति तथा ३ जनाको लेखा समिति चयन गरेको हो।
सभाले सहकारी ऐनमा बामोजिक १८ प्रतिशत लाभंस दिने निर्णय गरेको छ। साथै काठमाडौं वडा नंम्बर १० मा अवस्थित आफ्नै जग्गामा कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्ने संचालक समितिको प्रस्ताव सर्वसहमतीले पारीत गरेको कम्पनीले जारी गरेको विज्ञत्तिमा उल्लेख छ।