सिटी एक्सप्रेसको "१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा" योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
552
Shares
काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो "१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा" योजनाको उपहार हस्तान्तरण कार्यक्रम काठमाडौँ, कमलादीस्थित आफ्नै कार्यालय भवनमा सम्पन्न गरेको छ।
कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमार्फत आफ्नी आमा निर्मला तिवारीलाई रेमिटेन्स पठाउँदा, योजनाअनुसार पठाएको रकमको १८ गुणा बढी अर्थात् रु ७,५४,३६२ जित्न सफल भएका थिए। उक्त रकम औपचारिक रूपमा उनकी आमालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपालको पनि उपस्थिति रहेको थियो।
लक्की ड्रमार्फत हजारौँ विजेता लाभान्वित
उक्त योजनाअन्तर्गत भाग्यशाली विजेताहरूलाई विभिन्न उपहार प्रदान गरिएको छ:
दैनिक उपहार: १८ जना विजेतालाई रु ५०० को सिटी पे वालेट टप-अप (१६२० जना)
साप्ताहिक उपहार: २ जनालाई सामुसङ स्मार्ट टिभी (२४ जना)
मासिक उपहार: २ जनालाई सामुसङ स्मार्टफोन (६ जना)
बम्पर उपहार: एक भाग्यशाली विजेताले पठाएको रकमको १८ गुणा बढी रकम प्राप्त गर्ने अवसर
२०८२ सालको क्यालेन्डर सार्वजनिक
कार्यक्रमकै अवसरमा सिटी एक्सप्रेसले आर्थिक समृद्धिलाई मुख्य विषयवस्तु बनाउँदै २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ। हरेक वर्ष नयाँ विषयवस्तु समेट्दै क्यालेन्डर प्रकाशन गर्दै आएको सिटी एक्सप्रेसले यसपालि नेपालको आर्थिक विकासलाई प्राथमिकतामा राख्दै क्यालेन्डर तयार पारेको छ।
सिटी एक्सप्रेस: १८ वर्षको विश्वास
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट नेपालमा सुरक्षित र भरपर्दो विप्रेषण सेवा प्रदान गर्दै आएको छ। हालै, सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्दै सिटी पेबाटै रेमिटेन्स भुक्तानी गर्ने सुविधासमेत उपलब्ध गराएको छ।