arrow

महानगर प्रहरीको 'असुली क्षेत्र'मा स्थानीयको 'एक्सन'

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
Machapokhari_action.jpg

काठमाडौं । शनिबार माछापोखरीको विष्णुमती पुलदेखि बिजीमलसम्म पुग्ने बाटोमा चक्रपथ सफाई अभियान चलिरहेको थियो । सोही समयमा त्यहाँका गैरकानूनी संरचनाहरु भत्काउने भन्ने जानकारी आएपछि हामी पनि सो सफाई अभियानमा रिपोर्टिङको लागि विहान ७ बजेतिर त्यहाँ पुगेका थियौं । 

त्यो क्षेत्र महानगरपालिकाका अधिकारीहरुको लागि अतिरिक्त आम्दानीको लागि एकदमै आकर्षक क्षेत्र मानिन्छ । महानगरपालिका स्रोतका अनुसार यो क्षेत्रबाट हप्ता असुलीको क्रममा उठाइएको पैसा महानगरप्रहरीका विभिन्न उच्च अधिकारी हुँदै महानगरपालिकाका जनप्रतिनिधि र उच्च अधिकारीसम्म पुग्ने गरेको छ । त्यसैले पनि सो क्षेत्रको अव्यवस्थित व्यापार र गैरकानूनी संरचना महानगर प्रहरीको आँखाले देख्ने गरेको छैन । विशेषगरी दैनिक असुलीको धेरै हुने क्षेत्रको रुपमा मानिने सो क्षेत्रमा बनेका गैरकानूनी संरचनाहरुले पैदलयात्रीलाई त हिँड्न असहज भईरहेकै छ कि यसले चक्रपथलाई समेत कुरुप बनाईरहेको थियो । 

ग्रीनसिटी अस्पतालका प्रमुख एलबी टण्डनको नेतृत्वमा सुरु भएको चक्रपथ सफाई अभियानको शनिबार ८२ औं हप्ता हो । सो क्रममा शनिबार विष्णुमति पुलदेखि विजी मलसम्मका महानगर प्रहरीले संरक्षण गरेर राखेका आधा दर्जन भन्दा बढी गैरकानूनी संरचनाहरु भत्काईएको छ । स्थानीयको समेत उल्लासपूर्ण सहभागीता रहेको सो अभियानमा अभियन्ता, स्थानीय र नेपाल प्रहरीको टोलीले भत्काउँदा महानगर प्रहरी भने त्यहाँ मुकदर्शक बनेर बसिरहेको थियो । ठूलो संख्यामा स्थानीयहरुको सहभागीता रहेको सो अभियानमा अभियान्ता स्थानीयहरुकै सहयोगमा सो संरचना भत्काईएको थियो । 

हाम्राकुरासँग कुराकानी गर्दै महानगरप्रहरीका प्रहरी प्रमुख शिवलाल पौडेलले स्थानीयको असहयोगका कारण अहिलेसम्म आफूहरुले सो संरचना हटाउन नसकेको प्रतिक्रिया दिए । तर, उनीहरुले अहिलेसम्म कहिलै पनि सो गैरकानूनी संरचना हटाउन प्रयास नै नगरेको र उल्टै व्यापारीहरुलाई पश्रय समेत दिएको आरोप लगाएका छन् । सफाई अभियानका क्रममा भेटिएका माछापोखरीमा आफ्नो स्थाई गर बताउने सुरेश पौडेलले दैनिक १० पटक गस्तीमा जाने महानगर प्रहरीले अहिलेसम्म एक पटक पनि पैदलयात्रीलाई समेत समस्या पर्ने गरी बसेका फुटपाथ व्यापारीहरुलाई हटाउने प्रयास नगरेको आरोप लगाएका छन् ।

महानगरपालिका स्रोतका अनुसार सो क्षेत्रमा महानगर प्रहरीले नै यस्ता संरचनाहरुलाई संरक्षण गरेका छन् । पटक पटक स्थानीयले समेत दबाब दिँदा पनि महानगर प्रहरीले यसलाई नहटाउनुले पनि यो भनाईलाई पुष्टि गरेको छ । 

उता, सफाई अभियानका प्रमुख अभियान्ता लोक बहादुर टण्डनले महानगरपालिकालाई पटक पटक यस्ता संरचना हटाउने काममा नेतृत्व लिन आग्रह गरेको भएपनि महानगरपालिकाले यसमा सक्रियता नदेखाएपछि आफूहरुले नै त्यस्ता संरचना भत्काउन नेतृत्व लिन थालेको बताए । उनले यस अघि पनि अभियानको क्रममा पशुपति तिलगंगा क्षेत्रका दर्जनौं गैरकानूनी संरचनाहरु हटाउने काम गरेको स्पष्ट पारेका छन् । उनले आफूहरुलाई कुनै राजनीतिक र अन्य स्वार्थ नरहेकोले आफूहरु चक्रपथ आसपासमा रहेका संरचनाहरु भत्काउन पछि नहट्ने स्पष्ट पारे । 

Lok Bahadur Tandan को फोटो।

Lok Bahadur Tandan को फोटो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ