arrow

मुख्यमन्त्री पौडेल स्थापितको ठाउँमा नयाँ मन्त्री खोज्दै, तिहार लगत्तै नियुक्त गर्ने  

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
dormani.JPG

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई पदबाट हटाएसँगै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन मन्त्री खोज्न सुरु गरेका छन् । उनले दिपावली अर्थात् तिहार लगत्तै नियुक्त गर्ने तयारीका साथ मन्त्री खोज्न सुरु गरेका हुन् । मुख्यमन्त्री पौडेल अहिले पनि काठमाडौंमै छ । उनी मन्त्रीको टुंगो लगाएर मात्रै प्रदेश ३ को अस्थायी राजधानी हेटौडा फर्किने सुरमा छन् । 

यद्यपि, अहिलेसम्म उनले खोजेको व्यक्तिबारे बाहिर कुरा आइसकेको छैन । जिम्मेवारी अनुसारको काम नगरेको तथा मन्त्रिपरिषद बैठकमा हातपातैको स्थिति सिर्जना गरेको भन्दै मुख्यमन्त्री पौडेलले स्थापितलाई बर्खास्त गर्नुपरेको सुनााएका छन् । 

बुधबार हेटौंडामा भएको प्रदेश मन्त्रीपरिषद बैठकमा स्थापितले मुख छाडेर गाली गरेपछि विहिबार काठमाडौं आएका मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी ओलीको सहमती लिएर काठमाडौँ आएको भोलिपल्टै पदमुक्त भएको चिठ्ठी थमाएका हुन् । यद्यपि, स्थापित आफूले त्यस्तो कुनै पनि प्रकारको अभद्र व्यवहार प्रस्तुत नगरेको र मुख्यमन्त्रीले आफ्नै ढाड बाँचेको अभिव्यक्ति दिइरहेका छन् । 

स्थापितलाई बर्खास्त गरेको निर्णयमा पार्टी भित्र र बाहिर कोही दुःखी नरहेको भन्दै मुख्यमन्त्री पौडेलले यसबाट पार्टी र प्रदेश सरकारलाई कुनै असर नपर्ने जिकिर समेत गरेका छन् । 

स्थापितलाई किन निकालियो भनेर कसैले नभनेको र राम्रो गरियो भनेर प्रतिक्रिया दिएको मुख्यमन्त्री पौडेल, बताउँछन् । उनले भने, ‘पार्टी अध्यक्ष पुष्प कमल दाहाल र नेतृत्वमा रहेका सबैलाई यस विषयमा जानकारी दिएको छ । प्रधानमन्त्री विरामी हुँदाहुँदै पनि अस्पताल ब्रिफ गरे ।’ सबैबाट अनुमति लिएपछि मात्रै बर्खास्तीको निर्णय भएको पौडेलले जिकिर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ