महासंघले गर्यो स्थानीय निकायमा धर्ना, २६ बुँदे मागपत्र प्रस्तुत
युबराज रेग्मी,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
404
Shares
झापा । नेपाल शिक्षक महासंघ केन्द्रिय संघर्स समितीको निर्देशनमा शुक्रबार देश भरका सम्पुर्ण स्थानीय निकायमा सामुदायिक विद्यालयका शिक्षकहरुले धर्ना तथा बिरोध कार्यक्रम गरेका छन । धर्ना कार्यक्रम अन्तर्गत २६ बुँदे मागपत्र सहित स्थानीय निकायका प्रमुख लाई ग्यापन पत्र बुझाइएको छ ।
यसै अनुरुप झापा जिल्लाको गौरादह नगरपालिका र गौरिगन्ज गाउँपालिकामा पनि ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न भएको छ । गुणस्तरिय शिक्षाका लागि विश्व शैक्षिक मन्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २०% र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत रकम बिनियोजन गरिनु पर्ने , सम्बिधानको धारा ३१ मा रहेको माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क गर्नु पर्ने माग राअेका छन् ।
साथै उनिहरुले हरेक जिल्लामा शिक्षाको एकाइ राखिनु पर्ने ,शिक्षकको नियुक्ती सरुवा पदस्थापन ,मासिक तलब भुक्तानी साथै कक्षा ११ र १२को परिक्षा संचालन आदि अधिकार जिल्ला तहको एकाइमा रहनु पर्ने ,नमुना विद्यालय छनौटमा हचुवा प्रकृयाको खारेजी , विद्यालय कर्मचारीको तहगत दरबन्दी सृजना ,बाल शिक्षामा कार्यरत शिक्षक लाई दरबन्दी सृजना ,राहत शिक्षकलाई स्थाइ गरिनु पर्ने ,साबिक उच्च माबिमा कार्यरत शिक्षकलाई स्थाइत्वको प्रकृयामा अगाडि बढाउनु पर्ने लगायतका माग हरु माग पत्रमा समाबेश गरेका छन् ।
उनिहरुले गौरादहमा नगर प्रमुख / उप प्रमुख लाई र गौरिगन्ज गाँउपालिका अध्यक्ष र उपाध्यक्ष लाई माग पत्र हस्तान्तरण गरेका छन् ।