arrow

सन्दीप लामिछानेको अर्को छलाङ, एपीएलपछि बीबीएलमा मौका 

logo
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
sandeep.png

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछाने एकपछि अर्को व्यवसायिक क्रिकेटमाआवद्ध भएका छन् । सन्दीप अष्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग ब्यास लिग (बीबीएल) का लागि मेलबर्न स्टार्समा आवद्ध भएका हुन् ।

उनी डिसेम्बर १० मा टिममा सहभागी भए पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने जनाइएको छ ।

हालै उनले अफगानिस्तान प्रिमियर लिग एपीएल खेलेका छन् । सन्दीप सबैभन्दा व्यवसायिक नेपाली मात्र भएका छैनन् विश्वकै ध्यान आफूतर्फ तान्न सफल भएका छन् । क्रिकइन्फो डट कमले आइपिएलदेखिको सन्दीपको व्यवसायीय खेललाई फिचर बनाएको छ । 

सन्दीपको व्यवसायीक खेलको ढोका आइपिएल (इन्डियन प्रिमियर लिग)बाट खुलेको थियो । त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा, बंगलादेश प्रिमियर लिग हुँदै उनी बीबीएलसम्म आइपुगेका छन् । त

अष्ट्रेलियामा उनी अझै बढी चर्चित छन् । यसअघि उनले अष्ट्रेलियामै अनुभव बटुलिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ