स्पेनमाथि इंगल्याण्डको शानदार जित, रहिम स्टर्लिङले राखे यस्तो कीर्तिमान
प्रकाशित २०७५ असोज ३० मंगलबार
237
Shares
काठमाडौं । युइएफए नेशन्स लिग फुटबलमा इंगल्याण्डले स्पेनमाथि शानदार जित हासिल गरेको छ । ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले जुलियन लोपेतेगीको टिम स्पेनलाई उसकै मैदानमा सोमबार राति ३–२ ले हराएको हो ।
लिग ए समूह चारमा अन्तर्गतको खेलमा इंगल्याण्डले तीनै गोल हाफ टाइम अघि नै गरे पनि स्पेनले खेलमा फर्किन निकै प्रयास गरेको थियो । दुई गोल फर्काए पनि स्पेन हारबाट जोगिन सकेन ।
इंगल्याण्डको जितमा रहिम स्टर्लिङले २ तथा मार्कस रासफोर्डले १ गोल गरे । स्टर्लिङले १६ र ३८ तथा रासफोर्डले ३० मिनेटमा गोल गरेका थिए ।
स्र्टलिङले गोल गर्दै नयाँ कीर्तिमान रचेका छन् । उनले सन् २०१५ को अक्टोबर यता राष्ट्रिय टिमका लागि पहिलोपटक गोल गरेका हुन् । उनले इस्टोनियासँगको खेलमा गोल गरेको ११०२ दिनपछि मात्रै गोल गरेका हुन् ।
स्पेनका लागि ५८ औँ मिनेटमा अलकेसर तथा इन्जुरी समयको सातौँ मिनेटमा सार्जियो रामोसले गोल गरेका थिए ।