काठमाडौं । केलियन एमबाप्पेले खेलको अन्तिम समयमा गोल गर्दै विश्वकप फुटबल विजेता फ्रान्सलाई हारबाट जोगाएका छन् । बिहीबार राति भएको मैत्रिपूर्ण खेलमा फ्रान्स आइसल्याण्डसँग हारबाट जोगिएको हो ।
कमजोर प्रदर्शन गरेको फ्रान्सका लागि अन्तिम समयमा एम्बाप्पेले गोल गर्दै हारबाट जोगाएका हुन् । खेल २–२ को बराबरीमा सकिएको हो ।
फ्रान्सको गुइनग्याम्पमा भएको खेलमा आइसल्यान्ड जित नजिक पुगेर पनि अन्तिमा समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो।
आइसल्यान्डका लाग विरकिर विजरनासन र कारी आर्नासनले गोल गरेका थिए। फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दा एक गोल उपहार पाएको थियो।
आइसल्यान्डका होलमारले आत्मघाती गोल गरेका थिए।
२–० को अग्रता लिए पनि अन्तिम पाँच मिनेट सम्हालिन नसकेको आइसल्याण्ड जितबाट चुक्न पुग्यो ।