गुल्मी । ऐतिहासिक मुसिकोट कोट दरबारमा अब दशैको मेला सुरु हुन लागेको छ । बाइसेचौविसे राज्यमा एक मुसिकोट राज्य चिरपरिचित रहेको छ । तम्घासदेखि मुसिकोट सम्म चल्ने गाडीहरु बैकल्पिक बाटो प्रयोग गरिरहेका छन् ।
नगरपालिकाले डोजरहरु चलाएपनि सोहि पहिरो रोक्किएको छैन । दशैमा दैनीक मानिसहरूको आवतजावत भएपनी मेयर सोमनाथ सापकोटा र वार्ड अध्यक्ष लक्ष्मण खत्रीको ध्यान पुगेको छैन ।
चुनावी नारामा स्मार्ट सिटि नगर बनाउँछु भन्ने मुसिकोट कोट दरबारमा केबुल जोड्छु भन्ने झुठो आश्वासन दिने मुसिकोट नगरका प्रमुखलाई वामीको बाहेक अरु वार्डको भने फिटिक्कै चिन्ता नभएको मुसिकोट नगरका जनताले आभास गरेका छन् ।
यस भन्दाअघि मुसिकोटको सोही वार्डमा वार्ड अध्यक्षद्वारा वनमा काठ दाउरा चोरी निकासी गरेको मुद्दा दर्ता भएको थियो ।