यू–१८ महिला फुटबल: फाइनलमा नेपाल बङ्गलादेशसँग भिड्दै
प्रकाशित २०७५ असोज २१ आइतबार
814
Shares
काठमाडौं। भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दैछन् । भूटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा फाइनल खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
सेमिफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै नेपाल फाइनल पुगेको हो भने भूटानलाई हराउँदै बङ्गलादेश फाइन पुगेको हो । समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।
नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।