मुल्यबृद्धि फिर्ताको माग गर्दै तरुण दलको ९ बुदे ज्ञापनपत्र
प्रकाशित २०७५ असोज २१ आइतबार
310
Shares
काठमाडौं। दशैँको मुखमा पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्य बृद्धि फिर्ताको माग गर्दै नेपाल तरुण दलले ९ बुदे ज्ञापनपत्र बुझाएको छ। दशैँको मुखमा मुल्यबृद्धि र महंगीले नागरिकलाई ठुलो मार परेको बन्दै चाँडो मुल्य बृद्धि फिर्ता लिन दवाव दिएको हो।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा कालोबजारी र तस्करी नियन्त्रण गर्न, ७५३ वटा स्थानीय निकायमा नै सहुलियत पसल खोलेर राहत दिन, दशैँमा घर जाने यात्रुलाई सहज टिकटको ब्यवस्था मिलाउन लगायतका माग राखेर दवाव दिइएको ज्ञापनपत्रमा उल्लेख छ। सो ज्ञापन पत्र बुझाउन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, काठमाडौ पुगेका थिए।