arrow

मंसिर २२ देखि एभरेष्ट प्रिमियर लिग कीर्तिपुरमा

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
EPL-logo-jpg.jpg

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता–२०१८ आगामी मङ्सिर २२ गतेदेखि हुने भएको छ ।

आयोजक इपिएल प्रालिले बिहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा यस वर्षको इपिएल आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

यस संस्करणको इपिएलमा दैनिक एक खेल मात्र गर्ने छ । यो खेललाई गत वर्षभन्दा अझ भव्य बनाउने आयोजकले तयारी गरिरहेको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ