पृथ्वी शको पहिलो शतक, भारतकालागि पहिलो र विश्वमा चौथो
प्रकाशित २०७५ असोज १८ बिहिबार
178
Shares
काठमाडौं। भारतका १८ बर्षिय क्रिकेट खेलाडी पृथ्वी शले आफ्नो पहिलो टेष्टमा शतक प्रहार गर्दै भारतका सबैभन्दा कम उमेरमा पहिलो टेष्टमा शतक बनाउने खेलाडी भएका छन्।
१८ बर्षिय पृथ्वीले वेष्ट ईण्डिज बिरुद्ध राजकोट टेष्टमा ९९ बलमा शतक प्रहार गरेका हुन्। पहिलो टेष्टमा १ सय ३४ रन बनराएका पृथ्वीको विकेट देवेन्द्र बिशुले लिएका थिए।
भारत र वेष्ट ईण्डिज बिच २ टेष्टको शृखंला खेलिने छ। सबैभन्दा कम उमेरमा भारतका लागि शतक बनाउनेमा पृथ्वी दोस्रो भएका छन्। यसअघि सचिन तेन्दुकरले १७ बर्ष १सय १२ दिनमा ईङल्याण्ड बिरुद्ध ओल्ड ट्राफोर्डमा शतक बनाएका थिए।
पृथ्वी पहिलो टेष्टमा शतक प्रहार गर्ने विश्वकै चऔथो खेलाडी बनेका छन्। बंगलादेशका मोहम्मद अश्रफुल, जिम्बाब्वेका ह्यामिलटन माशाकाद्जा र पाकिस्तानका शलिम मलिकको नाम पृथ्वी भन्दा पहिले आऊँछ।