सम्पति कर तत्काल नउठाउन पोखरा महानगरपालिकालाई अदालतको आदेश
सरिता तिम्सिना पगेनी,
प्रकाशित २०७५ असोज १७ बुधबार
451
Shares
पोखरा । एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा पोखरा महानगरपालिकाले कर को दरमा बृद्धि गरेपछि ज्ञानबहादुर कोइरालाले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए ।
सोहि मुद्दाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म स्थानीय सरकार संचालन ऐन, २०७४ को संसोधित दफा ५५ बकोजिम महानगरपालिकाको क्षेत्र भित्रको घर र घरले चर्चेको ,स्पष्टिकरण खण्डमा उल्लेखित अवस्था समेत जग्गामा सम्पक्ति कर र सो हद भन्दा बढीको जगामा उक्त ऐनको दफा ५५ मा उल्लेख भए बमोजिम को भुमिकर भन्दा बढी सम्पक्ति कर नलगाउनु,लगाउन नदिनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
पक्षमा बरिष्ठ अधिवक्ता तिलक पराजुली,,अधिबत्ताहरु गेबिन्द पौडेल र सुरेन्दै थापामगर ले बहस गरेका थिए । प्रत्यार्थीका तर्फबाट अधिबक्ता नारायण प्रसाद शर्माले बहस गरेका थिए ।