arrow

‘ए’ डिभिजन लिग : संकटा विजयी, सरस्वती स्तब्ध

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
sankata.JPG

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब सिएमजीले सरस्वती युथ क्लबलाई हराएको छ । 
आईतबार भएको लिगको पहिलो चरणको दोस्रो खेलमा संकटाले सरस्वतीलाई १–० ले हराएको हो । खेलको अन्तिम मिनेटमा गोल गर्दै संकटाले लिगमा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । थपिएको अतिरित्त समयमा संकटाका लागि लक्ष्मण रुचालले निर्णायक गोल गरे । 

लिगको पहिलो खेलमा शनिबार आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । तीन अक जोड्दै संकटा लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ