प्रम ओली भित्र बोल्दै गर्दा संयुक्त राष्ट्र संघ भवन बाहिर बिरोध प्रदर्शन
प्रकाशित २०७५ असोज १२ शुक्रबार
357
Shares
काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना बितिसक्दा पनि उनको परिवारले न्याय नपाएको आक्रोश अमेरिकामा पनि पोखिएको छ।
अमेरिकामा जारी संयुक्त राष्ट्र संघ (संरासं)को ७३ औं महासभामा प्रधानमन्त्री केपी ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले निर्मलाका लागि न्याय माग्दै प्रदर्शन गरेका छन् । उनीहरुले प्रम ओली बिरुद्ध पनि आक्रोश पोख्दै नाराबाजी गरेका थिए।
सहभागी नेपालीहरुले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
निर्मला पन्तको हत्यामा सरकार अहिलेसम्म अपराधीको नजिक पुग्न नसकेको र प्रहरीको गैरजिम्मेवार सुरुवाती कदम प्रति पनि आक्रोश पोखेका थिए। निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा गृह एवं प्रहरी प्रशासन मिलेर प्रमाणहरु नष्ट पारेको सार्वजनिक भएको छ।
नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै अमेरिकामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपालमा बढेको बलात्कार र हत्याविरुद्ध उनीहरु खरो भएर उत्रिएका थिए । उनीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका छन् ।