arrow

नेपाली ढुकढुकी सन्दीप लामिछानेको अहिलेसम्मकै ठूलो आर्थिक छलाङ

logo
प्रकाशित २०७५ असोज १० बुधबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । नेपाली ढुकढुकी युवा क्रिकेटर सन्दीप लामिछानेले अहिलेसम्मकै ठूलो आर्थिक छलाङ मारेका छन् । 

भारतमा आइपिएल, वेष्ट इन्डिजमा सीपीएल संगसंगै हङकङ र क्यानडाबाट व्यवसायीक क्रिकेट खेलेका सन्दीपले पछिल्लो पटक संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने नयाँ ढाँचाको टी–१० लिग क्रिकेटका लागि अनुबन्ध भएका छन् । 


केलरा किङ्समा अनुबन्धित सन्दीपको यो अनुबन्धलाई आर्थिक रुपले अहिलेसम्मकै ठूलो छलाङ मानिएको छ । खेलाडी अक्सनमा केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ) मा अनुबन्ध गरेको हो। यो अहिलेसम्मकै बढी हो । 

यसअघि उनी आईपीएलमा दिल्ली डेयर डेभिल्ससँग २० लाख भारतीय रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ) मा अनुबन्धित भएका थिए। 

उनी त्यसलगत्तै वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग सीपीएलमा सेन्ट् किट्स एन्ड नेभिस प्याट्रियट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।


सन्दीप अघिल्लो साता मात्रै अफगानिस्तान प्रिमियर लिग एपीएलका लागि पनि छनोट भएका थिए। एपीएलमा उनलाई नन्गर्हर क्रिकेट क्लबले १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। 

कस्तो हो टी–१० लिग ?
यो अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा नयाँ ढाँचाको प्रतियोगिता हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले समेत मान्यता दिएको यो प्रतियोगितालाई गत वर्षदेखि यूएईको क्रिकेट संघले आयोजना गर्दै आएको छ।

सन्दीप यूएईमा टी–१० क्रिकेट प्रतियोगिता खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन्। उनको टोलीलाई इङ्ल्यान्डका इयोन मोर्गानले कप्तानी गर्नेछन्। 

छानिएपछि के लेखे सन्दीपले ? 
टी–१० क्रिकेट लिगका लागि छनोट भएपछि सन्दीपले खुशी व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्  ‘टी–१० लिगमा केरला किङ्स टोलीका लागि छनोट हुन पाउँदा निकै उत्साही छु। त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिन चाहन्छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ