-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोनाको जितमा पूर्णविराम लागेको छ । बार्सिलोनाले जिरोनासंग बराबरी खेलेको हो । खेल २–२ को बराबरी भयो ।
आधा घण्टा १० खेलाडीमा झरेको बार्सिलोनाले दबाबमा खेल्नुपरेको हो । क्लेमेन्ट लेंग्लेटले ३५ औं मिनेटमा रातो कार्ड खाएर मैदानबाट बाहिरिनु परेको थियो ।
घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेसी र जेरार्ड पिकेले एक एक गोल गरे। जिरोनाका लागि दुवै गोल क्रिस्टियन स्तुआनीले गरे।
यो जितपछि पनि बार्सिलोना शीर्ष स्थानमै छ । ५ खेलबाट समान १३ अंकको रियाल मड्रिडलाई गोल अन्तरमा पछाडि धकेल्दै बार्सिलाना शीर्षमा पुगेको हो ।
ला लिगाकै अन्य खेलमा सेभियाले लेभान्तेलाई ६–२ ले पराजित गरेको छ।
त्यसैगरी रियाल बेटिस र एथ्लेटिको बिल्वाओले २–२ गोलको बराबरी खेले ।






