arrow

इटाली फेरि गुल्टियो, रोनाल्डोको पोर्चुगलले मार्यो बाजी

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
ita-pol.jpg

काठमाडौं । इटालियन राष्ट्रिय फुटबल धरासायी हुने क्रम जारी छ । युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा इटाली पोर्चुगलसंग पराजित भयो । 

सोमबार राति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भएको हो । 

आन्द्रे सिल्भाले ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

पोर्चुगल क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको थियो । इटालियन क्लव युभेन्टसबाट व्यवसायीक खेल थालेका रोनाल्डोले अहिलेसम्म युभेन्टसबाट गोल भने गर्न सकेका छैनन् । फर्ममा फर्कन प्रयासरत उनले नेसन्स कपमा नखेल्ने बताएका थिए । 

जितसँगै पोर्चुगलले तीन राष्ट्र रहेको समूह सी मा अग्रता लिँदा दुई खेलबाट १ अंक मात्रै जोडेको इटाली पुछारमा रहेको छ । 

यसअघि इटालीले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हारले इटाली समूह चरणबाटै बाहिरिएको छ । 

इटालीले रसिया विश्वकपमा समेत स्थान बनाउन सकेको थिएन । 

Andre Silva celebrates scoring the only goal of the game for Portugal against Italy on Monday

Silva was mobbed by his team-mates after scoring in the 48th minute in Lisbon

Former Manchester City manager Roberto Mancini has had a tough start to managing Italy

Fernando Santos's side have gone top of Group A of the Nations League after 1-0 win

Portugal central defender Pepe applauds the supporters after the narrow win in Lisbon

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ