-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा रसिया विश्वकप च्याम्पियन फ्रान्सले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा फ्रान्स २–१ ले विजयी भएको हो ।
फ्रान्सलाई १९ वर्षे युवा स्टार किलियन एमबाप्पेको १४ औं मिनेटमा गोल गरे ।
६७ औं मिनेटमा रायन बाबेलले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको ८ मिनेटपछि ओलिभिएर जिरुले गोल गर्दै फ्रान्सलाई पुनः अग्रता दिलाए ।
यो गोलसँगै जिरुले अन्तर्राष्ट्रिय गोल संख्यामा फ्रान्सका पूर्व कप्तान जिनेदिन जिदानलाई पनि पछाडि पारेका छन् ।
उनले ३१ औं गोल गर्ने क्रममा ८ सय मिनेट लामो गोलको खडेरी पनि तोडेका छन् । चेल्सीबाट व्यवसायिक फुटबल खेलेका जिरुले विश्वकपमा भने गोल गर्न सकेका थिएनन् ।








