इंगल्याण्ड विरुद्ध भारत बलियो स्थितिमा, कुकको अन्तिम यात्रा
प्रकाशित २०७५ भदौ २३ शनिबार
298
Shares
काठमाडौं । पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा भारत बलियो स्थितिमा रहेको छ । लण्डनमा जारी खेलमा इंगल्याण्ड पहिलो दिनको समाप्तिसम्म पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा १९८ रन बनाएको छ ।
अन्तिम टेष्ट खेलिरहेका ओपनिङ ब्याट्सम्यान एलेस्टर कुकले अर्धशतक बनाए पनि भारतले पाँचौ टेस्टको पहिलो दिन खेलमा पकड जमाएको हो ।
टेस्ट क्रिकेटबाट सन्न्यास लिँदै गरेका कुकले १९० बल खेल्दै ७१ रन जोडे । कुकलाई ब्याटिङ गर्न मैदान छिर्ने क्रममा भारतीय खेलाडीले गार्ड अफ अनर दिएका थिए ।
मोइन अलीले ५० तथा किटन जेनिङसले २३ रन बनाउन सके ।
इशान्त शर्माले ३ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले २–२ विकेट हात पारेका छन् ।