-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । क्रिष्टियानो रोनाल्डो बिना पोर्चुगल राष्ट्रिय फुटबल टिम फिक्का देखिएको छ ।
पोर्चुगलले विश्वकप पछिको पहिलो खेलमा क्रोएसियासंग बराबरी खेलेको हो । आयोजक पोर्चुगलले मैत्रिपूर्ण खेलमा क्रोएसियासंग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको १८ मिनेटमै विंगर इभाँ पेरिसिकको गोलबाट क्रोएसियाले अग्रता लियो ।
त्यसको १४ मिनेटपछि नै पेपेले गोल गर्दै पोर्चुगलले खेल बराबरीमा ल्यायो । पेपेले राष्ट्रका लागि सय क्याप जिते । र त्यो यादगार भयो ।
त्यसपछि दुवै टिम गोलबिहिन भए । रोनाल्डोले इटालियन सिरिए मा गोलका लागि संघर्ष गरिरहेका छन् । उनी युभेन्टसबाट यस सिजन सुरु गरेका हुन् ।
नेसन्स लिग अघि यो मैत्रिपूर्ण खेल खेलिएको हो ।






