arrow

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
fifa-players-awarded-2018.jpg

लण्डन। विश्व फुटबल महासंघ (फिफा) ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ। क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो। यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन्। उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थिए। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ