काठमाडौं । तीन खेलमा दुई हार बेहोरेर सर्वाधिक आलोचित बनेका इंगलिश प्रिमियर लिग फुटबल क्लव म्यान्चेस्टर युनाइटेडका म्यानेजर होजे मौरिन्होको इज्जत तत्कालका लागि बचेको छ ।
मौरिन्होको टिमले आइतबार राति बर्नलेमाथि २–० को विजयी नतिजा निकाल्यो । दुवै गोल रोमेलु लुकाकुले गरे ।
तर लुकाकुले पछि पहेंलो कार्ड खाए । त्यसअघि नै युनाइटेडका मार्कस रशफर्डले रातो कार्ड खाएका थिए ।
पल पोग्वाले पेनाल्टीमा गोल गर्न नै चुकेका थिए ।
आर्सनल पनि लगातार दुई हारपछि फर्ममा फर्केको छ । आइतबार राति आर्सनलले कार्डिफ सिटीलाई ३–२ ले हरायो ।
वाटफोर्डले भने अहिलेसम्म सनसनी नै मच्याइरहेको छ । लगातार चौथो जित निकाल्दै वाटफोर्डले सनसनी मच्याएको हो । आइतबार रातिको खेलमा वाटफोर्डले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो ।
लिगमा लिभरपुल, चेल्सी र वाटफोर्डले मात्र १०० % खेलिरहेका छन् ।