मेस्सी र सुवारेज चम्किए, आठ गोल ठोक्यो बार्सिलोनाले
प्रकाशित २०७५ भदौ १८ सोमबार
753
Shares
काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाले नवप्रवेशी टिम हुएस्कामाथि गोल बर्साएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा खेलेको बार्सिलोनाले ८–२ ले खेल जितेको हो ।
बार्सिलोनाको फराकिलो जितका लागि लियोनल मेस्सी र लुइस सुवारेजले २–२ गोल गरे । फ्रेन्च नयाँ स्टार अस्माने डेम्बेले, इभा राकिटिक् र जोर्डी अल्बाले १–१ गोल गरे । जर्ज पुलिडोले आत्मघाती गोल गरेको थियो ।
खेलमा हुएस्काले हर्नान्डेजको गोलबाट अग्रता लिएको थियो भने एलेक्स गालरले अर्को गोल थपेका थिए ।
यो जितपछि बार्सिलोना शिर्ष स्थानमा पुगेको छ । तेस्रो चरणको समाप्तिसम्म बार्सिलोना र रियाल मड्रिडले मात्र १०० % खेल खेलेका छन् । सेल्टा डि भिगो ७ अंकबाट अपराजित टिम बनेको छ ।