arrow

नेपाली क्रिकेट टोली सबै अभ्यास खेलमा विजयी 

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
nepal-cricke-asia-cup.JPG

काठमाडौं । एसिया कप छनोट खेलअघिको अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । श्रीलंकामा खेलेका सबै तीन खेलमा नेपाल विजयी भयो । 

 पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट टिमलाई ६७ रनले र दोस्रो खेलमा ब्लुमफिल्ड क्रिकेट क्लबलाई १७६ रनले पराजित गरेको नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्टस् क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो ।

कोल्टस्ले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । कप्तान खड्काले ५८ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले नटआउट ५२ रनको योगदान गरे ।

उपकप्तान ज्ञानेन्द्र मल्ल ४५, आरिफ शेख २३ रन बनाए भने सुवास खकुरेलले २२ रन बनाए । 

यसअघि १ बल बाँकी रहँदा सबै विकेट गुमाएर २१६ रन बनाएको कोल्ट्सविरुद्ध सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी र सागर पुनले समान २—२ विकेट लिए । 

यो अभ्यासपछि नेपालको एसिया कप छनोटअघिको अभ्यास सकिएको छ । नेपाली क्रिकेट टोली सोमबार एसिया कप छनोट खेलका लागि मलेसिया जाँदैछ । नेपाल श्रीलंकाबाट स्थानीय समयअनुसार १० बजे मलेसिया जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ