सर्जियो अगुएरो हिरो भएको दिन, बर्सायो म्यान्चेस्टर सिटीले आधा दर्जन गोल
प्रकाशित २०७५ भदौ ४ सोमबार
443
Shares
काठमाडौं । सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले इंगलिश प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनमाथि आधा दर्जन गोल बर्साएको छ ।
घरेलु मैदानमा आइतबार राति खेलेको म्यान्चेस्टर सिटीले हडर्सफिल्डलाई ६–० ले हराएको हो ।
अगुएरोले ३ गोल गरे । त्यसैगरी गाब्रियल जिसस र डेभिड सिल्भाले एक एक गोल गरे ।
टेरेन्स कोंगोलोले आत्मघाती गोल गरेका थिए ।
पेप ग्वार्डिओलाको टिमले उत्कृष्ट प्रदर्शन गरिरहँदा फेरि पनि उपाधि सिटीको घरमा पुग्ने आशा जागेको छ ।
उत्कृष्ट प्रदर्शनसंगै २ खेलबाट ६ अंकसहित म्यान्चेस्टर सिटी लिग तालिकाको शीर्ष स्थानमा छ ।
चेल्सी, वाटफोर्ड, टोटनह्याम र बर्नमाउथले पनि सत्प्रतिशत खेलेका छन् ।