arrow

मेस्सीको गोलमा बोका लड्यो

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
messi20.jpg

काठमाडौं । प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनिश क्लव बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टाइन क्लव बोका जुनियर्समाथि ३–० को सहज जित निकाल्यो । 

बुधबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जिताउन माल्कोम, लियोनेल मेस्सी र राफिन्हाले गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा स्पेनिश ला लिगा च्याम्पियन बार्सिलोनाले १८ औं मिनेटमा गोल गर्न सफल भएको थियो ।

यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका माल्कोमले पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले अघि बढेको थियो ।

६७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । 

स्पेनिश ला लिगाको नयाँ सिजन यही शनिबारदेखि सुरु हुँदैछ । 

को को विजयी भए अन्तिम प्रिसिजनमा 
अन्तिम प्रिसिजन अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा युभेन्टसले युभेन्टस यु–२३ लाई ८–० ले हरायो । हेराथ बर्लिनले हैल्सचर फुटबल क्लवलाई ४–१ ले र बायर्न म्युनिखले ह्याम्बर्गरलाई ४–१ ले हरायो । 

Malcom hides his face as he celebrates scoring for the first time at Barcelona's home ground

Gerard Pique and Philippe Coutinho celebrate with their new team-mate after his goal

Malcom breezed into the penalty area and unleashed a drilled shot on his left foot for the goal

Captain Lionel Messi is congratulated by his team-mates after doubling Barca's lead

Second-half substitute Rafinha applies the final touch to a flowing team move for the third goal

The words 'Enjoy Barca' were held out on the pitch before the 53rd Joan Gamper Trophy

Boca Juniors fans were in loud voice after making the journey over from South America

Lionel Messi is sent flying by challenges from Nahitan Nandez and Paulo Goltz

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ