arrow

कीर्तिमानी क्रिकेटर वाडेकरको निधन

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
ajit-wadekar.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजित वाडेकरको निधन भएको छ । बुधबार राति उनको ७७ वर्षको उमेरमा मुम्बईको जसलोक अस्पतालमा निधन भएको हो । 

सन् १९४१ को अप्रिल फुलमा जन्मिएका वाडेकर विदेशी भूमिमा क्रिकेट श्रृंखला जित्ने पहिलो कप्तान हुन् । उनले सन् १६६ मा पहिलो टेष्ट खेलेका थिए । 

आठ वर्ष क्रिकेट खेलेका वाडेकरले ३७ खेलमा एक सतक र १४ अर्धसतक लगाउने क्रममा २११३ रन बनाएका थिए । 

उनी कलेज समयमा १२ औं खेलाडी बनेमा ३ रुपैयाँ भारु म्याच फि पाउने लालचमा क्रिकेटर बनेका थिए । त्यसपछि लत लाग्यो । 

उनले सन् १९७१ मा वेष्ट इन्डिजमा पहिलो जित दिलाएका थिए 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ