arrow

स्पेनी फुटबलमा अर्को झड्का, डेभिड सिल्भाद्धारा सन्यास 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
david-silva.jpg

काठमाडौं । स्पेनी फुटबल विश्वकपबाट चाँडै बाहिरिएपछि पीडामा छ । पीडाको अर्को झल्को दिएका छन् मिडफिल्डर डेभिड सिल्भाले । इङलिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिनपछि नै सिल्भाले पनि घोषणा गरेका हुन् । 

सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताए ।

सन्यासपछि सिल्भाले टिमलाई सधै सम्झिरहने पनि बताएका छन् । १५ नोभेम्भर २००६ मा रोमानियाविरुद्धको खेलबाट स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका सिल्भाले १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका थिए । 

स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए । तीन महत्वपूर्ण खेलाडीले सन्यास लिएपछि अरु खेलाडीले पनि पछ्याउन सक्ने अनुमान गरिएको छ । 

यसअघि एन्द्रेस इनेस्ताले स्पेन विश्वकपबाट बाहिरिनासाथ सन्यास लिएका थिए । 

Silva's Spain career ended with a disappointing last-16 exit at the World Cup in Russia

The Spanish midfielder won 125 international caps for his country and scored 35 goals

Silva won the World Cup  in 2010 and also has two European Championships to his name

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ