arrow

नेपालले सिकेको कि ९० मिनेट मैदानमा टिकेको ?

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
asiad-football.jpg

काठमाडौं । नेपाली फुटबलको खेल अचम्मको छ । यस्तो लाग्छ मैदानमा ९० मिनेट टिक्न खेलेजस्तो हुने गरेको छ । सामान्यतया दर्जनौं गोल खाए पनि ९० मिनेट त टिकिहालिन्छ । 

तर मैत्रिपूर्ण अभ्यास खेलमा कमीकमजोरी सुधार गर्न खोजिन्छ । एसियाली खेलकुदको तयारीमा रहेको नेपालको त्यो अवस्था भने देखिँदैन । थाइल्याण्डमा १० दिने अभ्यासका क्रममा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा मंगलबार बेलुका पराजय बेहोर्यो । 

नेपाली यू–२३ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० ले पराजित भएको हो । 

आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो । 

नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । 

नेपालले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ