arrow

नेपालद्वारा नेदरल्याण्ड्सलाई २१७ रनको चुनौती, पारस र सोमपालको अर्धशतक 

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
nepal-netherlands.jpg

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितको लागि २१७ रनको चुनौती दिएको छ । 

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको नेपालले ४८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २१६ रन बनाएको हो । 

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पाली खेले । कप्तान पारसले २ छक्का र चार चौकाको सहयोगमा ५१ रन बनाए भने सोमपालले ३ छक्का र ४ चौकाको सहयोगमा ६१ रन बनाए । 

सुवास खबुरेल र दीपेन्द्रसिंह ऐरीले समान १९ रन बनाए भने आरिफ शेष १६ रनमा आउट भए । सन्दीप लामिछाने ८ रन बनाएर आउट हुँदा ललितसिंह भण्डारी ४ रनमा अविजित रहे । 

ज्ञानेन्द्र मल्लले १३ रनको पाली खेल्दा अनिन शाह ४, रोहित पौडेल ६ र बसन्त रेग्मी १ रनमा आउट भए । बलिङतर्फ फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलार र माइकल रिपोनले समान २/२ विकेट लिए । सेन स्यानटर र पाउल भान मिकेरेनले १/१ विकेट बाँडे । अबको केही बेरमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ सुरु गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ