arrow

नेपाललाई ५ विकेट हासिल, चम्किए पारस र सोमपाल  

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
crick_nepal.jpg

काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको जारी खेलमा पहिलो फिल्डिङ गरिरहेको नेपालले पाँचौ सफलता हासिल गरेको छ ।

कप्तान पारस खड्का र तीब्र गतिका बलर सोमपाल कामीले समान–समान २–२ विकेट लिए ।

सोमपालले एक मेडन समेत राखे ।

यस्तै, सन्दिप लामिछानेले १ विकेट लिए । कप्तान पारस खड्काले वेल्सी वारेसीलाई आउट गर्दै टोलीलाई चौथो सफलता दिलाए ।

पाँचौ सफलता भने सोमपालले नै दिलाए । 

बुधबारको खेलमा नेदरल्याण्डका लागि महत्वपूर्ण प्रदर्शन गर्नसक्ने आँकलन गरिएको बारेसीलाई कप्तान खड्काले १२ रनमै पेभेलियनको बाटो देखाएका हुन् । 

पारसले बेन कूपरलाई पनि आउट गरेका थिए ।

यसअघि सोमपाल कामीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय विकेट दिलाएका थिए ।

सन्दीप लामिछानेले पनि स्टेफिन मिवर्घलाई २९ रनमा आउट गरेका थिए ।

यस्तै, सोमपालले ३० रन बनाएका बास डे लिडेलाई आउट गरे । पारसले थोरै रन खर्चिएर २ विकेट लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ