काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष राना श्रवण प्रेरणाको स्रोत बन्दै; चर्चामा रानाको माछा पालन
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन १६ बुधबार
912
Shares
पुनर्वास। ३० वर्षिय राना श्रवण आर्थिक उपार्जनका लागि गाउँमै आम्दानीको श्रोत पहिल्याउदै रोजगारी समेत सृजना गराउने एक आत्मनिर्भर कृषक बन्न पुगेका छन् ।
समृद्धि त्यसै आउदैन नाराले मात्रै आत्मनिर्भरताको मुकाममा पुगिदैन । उत्पादनमा लगानी,नगरे समृद्ध बनिदैन भन्ने कुरा राना श्रवणको गाउँमै उत्पादन बढाउने आँटले पुष्टि गरेको छ ।
२०७४ मा सम्पन्न स्थानिय निकायको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार भइ बिजयी भएका राना यतिबेला पुनर्वासका पौरखी कृषक समेत बन्न पुगेका छन ।
३ वर्ष अघि देखि माछा पालन ब्यबसायमा लागेका राना श्रवण आफुले गरेको श्रम र लगानीबाट राम्रो आर्थिक आम्दानी हुन थाले पछि अहिले लगानी बढाएर व्यवसाय बिस्तार गरि ब्यबसायिक कृषक बन्दै गएका छन् ।
पुनर्वास नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राना श्रवणले राज हन्स एण्ड एग्री टेक प्रालि नामक फर्म दर्ता गरि ब्यबसायिक माछा पालक कृषकका रुपमा चिनारी बनाएका छन् ।
१२ लाखको लगानी गरि रानाले ४ हेक्टर जमिनमा पोखरी निर्माण गरि २ लाख माछाका भुरा पालेका छन् । बिगतमा थोरै क्षेत्रफलमा माछा पाल्दै आएका राना पोखरी आम्दानीको राम्रो श्रोत हुने अनुभव लिएपछि अहिले लगानी बिस्तार गरि ठूलो परिणाममा उत्पादन गर्न हौसिएका हुन ।
ब्यक्तिगत लगानीमा माछा पालनतर्फ लागेका रानाले यस पटक प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबाट ५ लाख अनुदान समेत पाएका छन् । १५ वर्षका लागि जमिन भाडामा लिइ माछा पालनमा होमिएका राना धेरै नसकिए पनि केही हदसम्म माछा उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने काममा लागेका छन् ।
उनी भन्छन् ' हामी समृद्धिका कुरा धेरै गर्छौ यसो गर उसो गर भन्छौ तर आफैले ब्यबहारमा उतार्दैनौ अनि कसरी हुन्छ आर्थिक समृद्धि ' वडा अध्यक्ष राना भन्छन् ' गरेर हामीले देखाउने हो अनि पो अरुले अनुशरण गर्छन् हामीले आर्थिक उपार्जन र अर्थतन्त्र र बस्तुको उत्पादनमा सिन्को नभाँच्ने अनि कसरी बन्छ देश समृद्ध ?'
हाम्रा खेतबारी बाँझै रहन्छन तर हामी आयातित माछामासु,फलफुल ,तरकारी भान्सामा लिने बानी परेका नेपालीहरुका निम्ति राना श्रवण उदाहरणीय पात्र हुन । जसले गाउमै उत्पादन गरि आर्थिक समृद्धिको बाटो रोजे । घरकै ३ जना सदस्यले रेखदेख गर्दै सुरु गरिएको रानाको पोखरीमा रहु,नैनी,कमनकार्प,ग्रासकार्प, भाकुर र सिल्भर जातका माछाका भुरा राखेर माछा पालनमा श्रवण होमिएका छन् ।
स्थानीय स्तरमै आम्दानीको श्रोत माछा पालन ब्यबसायलाई बनाई रोजगारीको अबसर समेत सृजना गरेर आत्मनिर्भर र आर्थिक समृद्धिको भर पर्दो बिकल्प रानाको प्रयास सबैले अनुशरण गर्न सके स्थानिय उत्पादकत्व वृद्धि भइ आर्थिक स्थितिमा सुधार आउन सक्ने जानकारहरु बताउँछन् ।
बिगतदेखि गरिएका आफ्ना प्रयासबाट हौसिएका राना भन्छन् ' लगन,धैर्य र परिश्रममा बिश्वास राख्न सके गाउँ ठाउँकै महत्वहीन ठानिएको माटो आम्दानीको राम्रो श्रोत हुन्छ काम सानो ठूलो होइन कर्म गर्नुपर्छ समृद्धि निश्चित हुन्छ।'
कार्तिकदेखि पोखरीमा उत्पादन भएको माछा बजारमा ल्याउने तयारी गरेका श्रवण भन्छन् ' पोखरीले आम्दानी त दिन्छन नै यो संगै यहाँका दर्जन बढी स्थानियलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत दिन्छ ।' उनले भने कृषि र कृषिजन्य उत्पादनमा घट्दै गएको हाम्रा युवाहरुको मोहलाई आकर्षित गराउन हाम्रो पहल सार्थक हुन सक्छ । तसर्थ पनि उत्पादनमुलक क्षेत्रमा लाग भन्ने होइन आफै ले गरेर उदाहरण दिने हो अनि युवा आफै आकर्षित हुन्छन।'
वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको पौरख, बैँस र मन स्थानिय गाउँमै कृषि उत्पादनमा लगाउन सकिए उत्पादनमा आत्मनिर्भरतासंगै अर्थतन्त्र दरिलो बनाउन टेवा पुग्थ्यो । सरकारले पनि उत्पादनमुलक क्षेत्रमा युवा लक्षित कार्यक्रम र नीति ल्याइ युवालाई प्रोत्साहन गर्न सके रोजगारी र उपार्जनका लागि खाडी र मुग्लान जाने बाध्यताको न्यूनीकरणसँगै गाउँ ठाउँमा समृद्धिको गोरेटो कोरिने निश्चित थियो ।