arrow

नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता 

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
nepal-netherlands.jpg

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्तरुपमा विजेता घोषित भएका छन् । इंगल्याण्डको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामामा आयोजक मेरेलीबोन क्रिकेट क्लव एमसीसीलाई नेपाल र नेदरल्याण्ड्सले हराएका थिए । नेदरल्याण्ड्सले १० रनले हराउँदा नेपालले झनै शानदार रुपले ९ विकेटले हराएको हो । 

तर अन्तर्राष्ट्रिय रुपमा मान्यता पाउने गरी भएको नेपाल र नेदरल्याण्ड्सबीचको खेल भने रद्ध भयो । वर्षाले खेल अगाडि बढ्न नसकेपछि खेल रद्ध भएको हो । खेल रद्ध हुनुअघि नेपालले टस जितेर फिल्डिङ गरेको थियो । 

ब्याटिङमा मजबुद देखिएको नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेटको नोक्सानीमा १७६ रन बनाउँदा खेल रोकिएको थियो । वेस्ली बारेसीले सर्वाधिक ४४ रन बनाए । नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले १–१ विकेट लिए । 


अब नेपाल पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्न नेदरल्यान्ड्स जानेछ । नेपाल र नेदरल्यान्ड्सबीच दुई खेलको शृङ्खला हुनेछ ।

 

खेल बुधबार र शुक्रबार हुनेछ । दुवै टिमले पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीयको मान्यता पाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ