नगरपालिकाको फोहोर व्यवस्थापनलाई सहज गर्ने टाटाको एस स्पेसल एप्लिकेसन नेपालमा
प्रकाशित २०७५ साउन ५ शनिबार
521
Shares
काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस विशेष एप्लिकेसनका भ्यानहरु नेपाली बजारमा भित्राएको छ। ‘गो ग्रिन टु किप इट क्लिन’भन्ने नारासहित टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काइलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेसन गरी ५ प्रकारका भ्यानहरु छन्।
एस स्किप लोडरले कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घरको फोहोर संकलन तथा व्यवस्थापन गर्न सहज बनाउने कम्पनीको दाबी छ। त्यस्तै एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा व्यवस्थापनलाई सहज बनाउने कम्पनीले जनाएको छ।
एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नुपर्ने सामानहरूको ओसारपसार सहज बनाउँछ। यसैगरी एस स्काइलिफ्टले उचाइमा गर्नुपर्ने कामहरूलाई डबल बुममार्फत सजिलो बताउँट भने कुरियर तथा अन्य सामग्रीलाई आधिकारिक ठाउँमा पु-याउन एस कन्टेनरले मद्दत गर्ने कम्पनीले बताएको छ।