रुस विश्वकप फुटबलको क्वार्टरफाइनल कसको भिडन्त कोसंग कहिले ?
प्रकाशित २०७५ असार २० बुधबार
404
Shares
काठमाडौं। रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिल, दुई पटकको विजेता युरुग्वे तथा एक एक पटकको विजेता फ्रान्स र इंगल्याण्ड पुगेका छन्। त्यसैगरी आयोजक रुससंगै बेल्जियम, स्वीडेन र क्रोएसिया क्वार्टरफाइनलमा पुगेका छन्।
कसको भिडन्त कोसंग कहिले ?
यही जुलाई ६ तारिख शुक्रबार असार २२ गते पहिलो क्वार्टरफाइनल खेल हुनेछ। युरुग्वे र फ्रान्स आमने सामने हुनेछन्। यो खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ। यो खेलबाट एक पूर्व विजेता सेमिफाइनलमा पुग्नेछ भने अर्को पूर्वविजेता बाहिरिने छ।
जुलाई ६ तारिखमै राति ११ः४५ बजे ब्राजिल र बेल्जियम भिड्ने छन्। यो खेलमा ब्राजिल विजयी भए पाँच पटकको विजेताले कीर्तिमान थप गर्नेछ भने बेल्जियम पुगे नयाँ कीर्तिमान नजिक पुग्नेछ।
त्यसैगरी जुलाई ७ तारिख (असार २३ गते) बाँकी दुई क्वार्टरफाइनलका खेल हुनेछन्। बेलुकी पौने ८ बजे स्वीडेन र इंगल्याण्ड भिड्ने छन्। स्वीडेन विजयी भयो भने नयाँ विजेताका लागि अगाडि बढ्ने छ भने इंगल्याण्ड विजयी भयो भने दोस्रो उपाधिको नजिक पुग्नेछ।
सोही राति ११ः४५ बजे आयोजक रुस र क्रोएसिया भिड्ने छन्। यो खेल जिते रुसले कीर्तिमान रच्नेछ। रुसको अबको हरेक जित आफैमा कीर्तिमान हुनेछ। क्रोएसिया विजयी भयो भने पनि विश्वकपको अभागी टिमले नयाँ फड्को मार्नेछ।