बझाङमा बाणिज्य बैंकको चरम लापरबाही, १४ हजार बैंक खाता रोकिँदै
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार १२ मंगलबार
707
Shares
बझाङ। कर्मचारीको लापरबाहीका कारण नेपाल राष्ट्रिय वाणिज्य बैंक बझाङ शाखामा संस्थागत तथा ब्यक्तिगत खाता खोलिएका मध्ये झण्डै १४ हजार बैंक खाताहरु रोक्का हुने भएका छन् । नेपाल राष्ट्रिय बाणिज्य बैंकले गत बर्षबाट ग्राहक पहिचान बिबरण फारम अध्यावधि गर्न सुरु गरेपछि यस्तो प्रकृया पुरा नगर्ने खाता साञ्चालकहरुको असार १५ गते बाट खाता रोक्का हुदै छन् ।
बाणिज्य बैंक बझाङ शाखामा कर्मचारीहरुले समयमै स्थानीय सेवाग्राहीहरुलाई ग्राहक पहिचान बिबरण भर्नुपर्ने बारे सार्बजनिक सुचना नगरेका कारण खाता रोक्का हुन लागेको हो । बैंकको बझाङ शाखामा रहेका ब्यक्तिगत र संस्थागत गरि २२ हजार पाँच सय ३७ खाता रहेकोमा ८ हजार पाँच सय पैचालिस खाताको मात्र केवाईसी अर्थात ग्राहक पहिचान बिबरण अध्यावधि भई सकेको बताउदै बाणिज्य बैंक बझाङ शाखाका प्रबन्धक प्रकाश बहादुर सिंहले भने 'खाता अध्यावधि नगर्ने १३ हजार ९ सय ९२ खाता रोक्का हुदैछ।
बाणिज्य बैंकले देशै भरि खाता अध्यावधि गर्न सर्कुलर गरे पनि सेवाग्राहीहरुले चासो नदेखाएका कारण धेरै खाताहरु रोक्का हुन लागेको प्रबन्धक सिहंले बताए । उनले यस मध्ये झण्डै सात आठ हजार खाता निस्कृय भएकाले यस्ता खाताहरु ग्राहक पहिचान बिबरण समेत नभरिने साथै यस्ता किसमका खाताहरु लाई बैंकबाट हटाईने जानकारी दिए ।
बैंकले सेवाग्राही बैकंमा सेवा लिन आउदा मात्र केवाईसी फारम अध्यवधी गर्नु पर्ने नत्र भने चेक समेत साट्न आनाकानी गर्ने भएपछि अहिले रावा बैकंमा खाताको अध्यावधि गर्ने ग्राहकहरुको सख्या बढ्दै गएको छ । २०६५ सालमा गोपुदा खानेपानी उपभोक्ता समितीको खाता सञ्चालन भएको तर हाल साता सञ्चालक हरु बिदेशमा रहेकाले उक्त खाताको केवाईसी भर्नु परेको बुगंल नपा ५ का बिर सिंह बोहराले बताए । उनले गाँउमा किसान ,महिला समुह, पुराना कोषहरु ,सहकारीहरु बिध्यालयहरु साथै ब्यक्तिगत खाताहरुको केवाईसी गर्ने सुचना नभएको र यसका बारेमा प्रकृया समेत नबुझेका कारण अनावश्यक झन्झट बेहोर्नु परेको बताए ।
ग्राहकहरुलाई सार्बजनिक रुपमा जानकारी नदिईएको कतिपय ग्राहकको गुनासो छ । केवाईसी अपडेड गर्नु पर्छ भन्ने जानकारीसम्म ग्राहलाई हुदैन चेक साट्न आएका बेला मात्र तपाईको केवाईसी फारम अध्यावधि छ की छैन भनेर बैंकका स्टापहरु सोध्छन् स्थानीय सुबास खड्काले भने 'यस बैकंका कर्मचारीहरुको चरम लापरबाही छ' । पछिल्लो समयमा ग्राहकहरुमा पैसा ठगिदै आएको गुनासो समेत आउने गरेको वाणिज्य बैंकले हालसम्म कुनै पनि स्थानमा केबाईसि फर्म अध्यावधि गर्नु पर्ने सार्बजनिक सुचना समेत प्रकाशन तथा प्रसारण गरेको छैन् ।
पछिल्लो समयमा नेपाल बाणिज्य बैंकले आफनो कारोवारलाई अनलाईन तथा कम्प्यूटर प्रबिधिबाट सुरु गर्न थालेपछि सेवाग्रहीको कामको छिटो छरितो र पारदर्षीताका लागी खाताहरु अध्यावधि गरिरहेको छ । खाता अध्यावधिका लागी बैकंबाट उपलब्ध हुने ग्राहक पहिचान बिबरण ,नमुना दस्तखत काड , नेपाली नागरिकताको प्रमाण पत्र , दुई प्रति पासपोट साईजको फोटो आवश्यक पर्छ ।