खेलाडी सामपाओलीलाई हटाउन चाहन्छन भन्ने हल्लामात्रै : अर्जेन्टिना
प्रकाशित २०७५ असार ९ शनिबार
658
Shares
ब्रोनिट्सी, रूस। क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ। “यो विल्कुल गलत हो,” अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताए।
“खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्,” स्रोतले जनाएको छ।
बिहीबारको खेलपछि अर्जेन्टिनाका स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक र प्रशिक्षण समूहका अन्य सदस्यबीच तनाब बढेको र खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेको भन्ने समाचारहरू बाहिरिएका थिए। एएफपी