रुसमा विश्वकप फुटबल सुरु हुँदै राति उद्घाटन र उद्घाटन खेल
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
1.6k
Shares
विश्वकप फुटबलबारे जान्नैपर्ने कुराहरु... काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदैछ । रुसले पहिलो पल्ट विश्वकप आयोजना गर्नमात्र पाएको छैन विश्वकप पूर्वी युरोपमै पहिलोपटक हुँदैछ ।
३२ राष्ट्र सहभागी यस महाभुकम्पको भब्य उद्घाटन मस्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदैछ ।
दुवै टिमको वरियता निकै तल रहेकाले अहिलेसम्मकै कमजोर उद्घाटनका रुपमा पनि हेरिएको छ ।
आधा घण्टाको उद्घाटन समारोहपछि खेल सुरु हुनेछ । आधा घण्टामा सबै देशका खेलाडीसंगै पूर्व सेलिब्रिटीहरु पनि सहभागी हुनेछन् ।