विश्वका चर्चित खेलाडीहरु जो रुस विश्वकपमा खेल्ने छैनन्
प्रकाशित २०७५ जेठ २२ मंगलबार
409
Shares
काठमाडौं । अहिले विश्वका फुटबल प्रेमीहरुको ध्यान रुस विश्वकपमा खिचिएको छ । अब नौ दिनपछि यो प्रतियोगिता रुसको राजधानी सहर मस्कोमा सुरु हुँदैछ ।
यो विश्वकपमा विश्वका धेरै उत्कृष्ट खेलाडीहरुले खेल्न नपाउने भएका छन् । जसमध्येको एक टोली यस्तो छ –
गोलकिपर– जान अबलक, (एथ्लेटिको मड्रिड, स्लोभानिया)
विश्वका एक उत्कृष्ट गोलकिपरमध्येका जान अलबाक पनि एक हुन् । यद्यपि उनको राष्ट्रिय टोली यो विश्वकपका लागि छनोट हुन सकेन । स्लोभानिया २००२ र २०१० मा विश्वकपमा छनोट भएको थियो तर समुहचरणबाटै बाहिरिएको थियो ।
म्यानचेस्टर युनाइटेडको नियमित डिफेन्डर हुन् एन्टोनियो भ्यालेन्सिया । पछिल्लो समय उनले आफ्नो भूमिकामा निकै राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । इक्वेडरबाट उनले ९२ खेल खेलिसकेका छन् । यद्यपि इक्वेडर लगातार चौथोपटक विश्वकपमा छनोट हुनबाट भने वञ्चित हुनपुग्यो ।
नेदरल्याण्ड लगातार दोस्रोपटक प्रमुख फुटबलको प्रतियोगिता खेल्नबाट वञ्चित भएको हो । सन् २०१४ को विश्वकपमा सेमिफाइनलमा पुगेको टोली पछिल्लो समय भएको विश्वकपको छनोटमा भने योग्य टोली भए पनि सफल हुन नसकेको हो । लिभरपुलका लागि उनले पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका भए पनि राष्ट्रिय टोलीलाई विश्वकपमा पु-याउन भने उनी असफल भएका हुन् ।
यसपटकको विश्वकपमा छनोट नहुनु इटालीको लागि सबैभन्दा दुखद कुरा हो । इटालीले २० मध्ये १८ विश्वकप खेलिसकेको छ तर यसपटक भने यो टोली अभागी साबित भयो । यो टोलीका महत्वपूर्ण डिफेन्डर हुन् लियोनार्दो बोनुकी । अघिल्लो वर्ष युभेन्टसबाट एसी मिलान जाँदा उनीमाथि धेरैको आँखा परेकोथियो तर उनको यो यात्रा सुखद भने हुन सकेन ।
स्वीडेनसँगको हारको कारण इटाली यसपटकको विश्वकप खेल्न्बाट वञ्च्ति भएको हो । यो खेलमा बोनुकीले पनि खेलेका थिए तर टोलीको हार टार्नभने सकेनन् ।
अल्जेरियाका यी खेलाडीले पनि यो विश्वकप गुमाएका छन् । गएको जनवरी महिनामा उनलाई खरिदको लागि ६५ मिलियन पाउण्ड दिइएको थियो तर उनलाई ८० मिलियनको माग गरिएको थियो । यसअघिका दुई विश्वकपमा अल्जेरियाले सहभागिता जनाएको थियो तर समुहको सबैभन्दा अन्तिममा रहँदै आफ्नो यात्रा टुङ्गाएको थियो ।
२५ वर्षीय यी खेलाडीले पनि विश्वकप गुमाउने भएका छन् । सन् २०१२ मा पीएसजीमा आबद्ध भएका मेर्राटिले आफ्नो खेलमा पनि निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् ।
सोमबार सार्वजनिक भएको जर्मनीको टोलीमा पर्न असफल भएसँगै लेरोए साने पनि यो विश्वकपबाट बाहिरिएका छन् । पेप ग्वार्डिओलाको टोलीमा नियमितरुपमा समावेश हुने गरेका खेलाडीलाई राष्ट्रिय प्रशिक्षकले भने पत्याएनन् ।
सन् २०१६ को सेमिफाइनलमा पुगेको टोली वेल्सले यसपटकको विश्वकपमा भने आफ्नो स्थान बनाउन नसकेको हो । उसले बेल्जियमलाई हराएको भए पनि रुस विश्वकपको ढोका खोल्न भने सकेन । जसको कारण रियल मड्रिडका प्रमुख खेलाडी गेरेथ बेल यो विश्वकपमा अनुपस्थित रहने भएका छन् । उनले पछिल्लो समय क्लबबाट पनि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् ।
स्ट्राइकर–करिम बेन्जेमा, (रियाल मड्रिड, फ्रान्स)
फ्रान्समा महत्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विवादित ब्ल्याकमेलिङको विवरण सार्वजनिक भएपछि सन् २०१५ यता कुनै पनि खेलहरुमा सहभागिता जनाएका छैनन् । जसको कारण उनको अन्तर्राष्ट्रिय करियरमा पनि केही असर परिरहेको छ । यसपटकको विश्वकपको लागि छानिएको टोलीमा पनि उनी अटाएका छैनन् ।
स्ट्राइकर– पायर–एम्रिक औबामेयाङ, (आर्सनल, ग्याबोन)
ग्याबोनका कप्तान रहेका यी खेलाडी पनि विश्वकपमा अनुपस्थित रहनेछन् । क्लबबाट राम्रो प्रदर्शन गर्दै आइरहेका भए पनि उनले आफ्नो टोलीलाई विश्वकपमा छनोट गराउन भने सकेनन् ।